पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ७१,३४३ पुग्यो

देशभर पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजा ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ३ हजार ४३९ संक्रमित थपिएको जानकारी दिए ।

उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्