साँखु-फटकेस्वार-बाहुनीपाटी (मनमोहन मार्ग) निर्माण सुभारम्भ

सुशील सुवेदी, सिन्धुपाल्चोक
काठमाण्डौबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्गको शिलान्यास भएको छ । पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज एक समारोहका बीच काठमाण्डौ र सिन्धुपाल्चाकको सिमाना नाङलेभारेमा सो सडकको शिलान्यास गर्नुभएको हो ।
मेलम्चीबाट बाहुनेपाटी, फट्केश्वर हुँदै साँखुबाट जाँदा छोटो दुरीमा नै काठमाण्डौ पुग्न सकिने हुँदा धेरै मेलम्चीभेगका स्थानीयले यही बाटो प्रयोग गर्दै आएका छन् । लामो समयसम्म मर्मत नहुँदा यो सडक जिर्ण भई दुर्घटनाको जोखिम बढेको थियो । सडक स्तरोन्नती भएपछि दुर्घटनामा कमि आउने अपेक्षा गरिएको छ भने सो मार्ग प्रयोग गर्दा लाग्ने समयमा पनि कमी आउनेछ । मनमोहन अधिकारीको निर्बाचित क्षेत्र पनि रहेकाले मनमोहन मार्गको अवधारणा बिकास गरिएको हो । सिन्धुपाल्चोकको पश्चिमी भेगको प्रबेशद्वार रहेको र साँखु फड्केश्वर बाहुनेपाटी सडक स्तरउन्नति हुँदा सिन्धु बासिलाई प्रत्यक्ष लाभ हुनेछ ।
कार्यक्रममा पुर्ब प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधब कुमार नेपालले विकास निर्माणको सन्दर्भमा विभिन्न देशले एक बर्ष भित्रै विभिन्न काम गरिरहेको देखिएको र चाबहिल सांखु सडक पटक पटक मन्त्री सहित लाग्दा पनि ठिलासुस्ती भएकोमा चिन्ता व्यक्त गनुभएको थियो । सडक शिलन्यास कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक २ का सांसद शेरबहादुर तामाङ, प्रदेश सांसद मणिराम फुंयाल, मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्याल लगाएतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्