सरकारले भन्यो – काठमाडौँ कोरोनाको उच्च जोखिममा, सकर्तता अपनाऔँ

काठमाडौं – सरकारले काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड(१९) को उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

बुधबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो आग्रह गरेका हुन् । अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेको उनले बताए ।

प्रवक्ता ज्ञवालीले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’

दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चाँड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्