कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा कार्की

काठमाडौं – सरकारले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका सहसचिचव डा. योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरेको छ ।
असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै समितिको कार्यकारीमा विनोदकुमार भट्टराईलाई नियुक्त गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद‍्ले दुवै निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्