टुङगियो अनेरास्ववियूको जिल्ला कमिटी

सुशील सुवेदी, सिन्धुपाल्चोक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुपाल्चोकको जिल्ला कमिटि टुङगिएको छ । अनेरास्ववियूको जिल्ला समिटीमा संयोजकमा मिलन लामा र सहसंयोजकमा हिरा चौलागाई तोकिएको छ ।
लामो समयको गृहकार्यपछि मंगलबार अनेरास्ववियूले आफ्ना ६१ जिल्ला सदस्यको नाम सहित जिल्ला समिति टुंगो लगाएको अनेरास्ववियूका जिल्ला संयोजक मिलन लामाले जानकारी दिनुभएको छ । अनेरास्ववियूले ७ जनाको कार्यालय सदस्य, २१ जनाको सचिवालय सदस्य सहित ६१ जनाको जिल्ला कमिटि टुङगाएको हो ।
अनेरास्ववियूले जिल्ला कमिटि सँगै प्रतिनिधि सभा र प्रदेश सभाका इन्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोजक समेत टुङगाइसकेको छ । पालिका र क्याम्पसहरु भने एक सातामा टुङगाउने तयारी रहेको अनेरास्ववियूका जिल्ला सह–संयोजक हिरा चौलागाइले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्