मंगलबार थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १०१७ संक्रमित थपिए

काठमाडौँ – मंगलबार थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा १ हजार १७ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका ७ सय ८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्