प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित

काठमाडौ – प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित भएको छ ।

प्रदेश सभामा आज भएको मतदानमा नामाकरण लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको थियो । प्रस्तावको विपक्षमा ४ मत परेको थियो ।

कूल ८७ प्रदेश सभा सदस्यहरु मध्ये आज ८३ सदस्य उपस्थित थिए । प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको विषयमा टुंगो लगाउने प्रस्तावहरु माथि आज भएको मतदानसँगै नाम र राजधानीको निधो भएको हो । यसअघि प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा राख्ने निर्णय प्रदेश सभाले गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्