राजनितिक स्वार्थको सिकार बन्यो डडेल्धुरा सदरमुकामको सडक विस्तार, चरणबद्ध मुद्दाको कारण ४४ करोडको टेण्डर रद्द

डडेल्धुरा – डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडक खण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दोश्रो पटक आह्वान गरेको बोलपत्र पनि आईतबार पुन प्राविधिक कारण देखाउदै स्थगित गरिएको छ ।

डिभिजन सडक कार्यालय कुलपातेले डडेल्धुरा सदरमुकाम क्षेत्र बागबजारदेखि कीर्तिपुरसम्म राजमार्गको दायाँ बायाँ १५÷१५ मिटर फराकिलो गर्नका लागि ४४ करोड बजेट विनियोजित गर्दै पहिलो पटक जेठ ८ गते बोलपत्र आह्वान गरेको थियो । मुआब्जा सम्बन्धि विवादका कारण उक्त बोलपत्र गत भदौ ३ गते स्थगित गरेको थियो पहिलो पटक स्थगित गरिएको टेण्डर पुनः आह्वान गरिए पनि आईतबार फेरी प्राविधिक कारण देखाउदै डिभिजन सडक कार्यालय कुलपाते डोटीले स्थगित गरेको छ । प्राविधिक कारणले दोश्रो पटक आह्वान गरिएको बोलपत्र स्थगित गरिएको डिभिजन सडक कार्यालय कुलपातेका डिभिजन प्रमुख सुदर्शन कार्कीले बताए ।

महाकाली राजमार्ग अन्र्तगत बागबजार–किर्तिपुरक्षेत्र सम्मको सडक विस्तारका लागि अमरगढी नगरपालिकाको सिफारिसमा डिभिजन सडक कार्यालय कुलपातेले दोश्रो पटक सडक विस्तारका लागि बोलपत्र आह्वान गरेको हो । तर सडक विस्तार गर्ने कार्यमा श्रृखलाबद्ध रुपमा मुद्धा दर्ता गर्ने कार्य भएपछि कुलपातेले प्राविधिक कारण देखाउदै आईतबार बोलपत्र रद्ध गरेको बुझिएको छ ।

मुआब्जाको माग गर्दै आएका अमरगढी नगरपालिका ५ बस्ने दीपकराज पन्तले डडेल्धुरा सडक विस्तार गर्दा अदालतको फैसला विपरित सडक क्षेत्रका घरजग्गा धनीहरुलाई मुआब्जा नदिई सडक विस्तार गर्न थालिएको र अदालतको मानहानी भएको ठहर गर्दै असोज ८ गते सर्वोच्चमा निवेदन गर्दा गराएका थिए । सोही निवेदनका आधारमा सर्वोच्च अदालतका न्यायधिस मनोजकुमार शर्माको एकल इजलासले आईतबार सर्वोच्च अदालले अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझा, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय र डिभिजन सडक कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्की लगायतका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रवेशद्धारका रुपमा रहेको डडेल्धुरा सदरमुकामलाई विस्तार गर्नु जरुरी रहेको अमरगढी नगरपालिका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताए । उनले सडक विस्तार कार्यलाई अवरोध पुर्याउनकै लागि केही व्यक्तिहरुले अदालतमा मुद्धा दर्ता गराएको ओझाको भनाई छ । सडक विस्तारका लागि आएको ४४ करोड रुपिँया फ्रिज जानुले डडेल्धुराको विकासमा ठुलो बाधा पुग्ने प्रमुख ओझाको बुझाई छ । प्रमुख ओझाले अगाडी भने, ‘हामीले सर्वोच्चको मानहानी होईन अमरगढी नगरपालिकाको विकास गर्न खोजेका थियौ तर केही व्यक्तिका अवरोधका कारण सडक विस्तार कार्य प्रभावित भएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्