अमृत सुर्यमुखी तेलको प्याकेट भित्र कुहिएको बस्तु भेटिएपछी बिक्री बितरणमा रोक

सुशील सुवेदी
सिन्धुपाल्चोक – तेलको प्याकेट भित्र मुसा जस्तै देखिने कुहिएको बस्तु भेटिएपछी मेलम्ची नगरपालिकाले विक्रिमा रोक लगाएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ११मा खानको लागि प्रयोग गर्ने तेलमा कुहिएको बस्तु भेटिएपछि नगरपालिकाले रोक लगाएको हो । त्रिबेणि ग्रुपको अन्नपूर्ण प्रा. लि. को ब्याच नम्बर ५४को अमृत सुर्यमुखी तेल बिक्रीवितरण तथा उपभोग गर्न मेलम्ची नगरपालिकाले रोक लगाएको हो ।

नगरपालिकाको निर्णयलाइ बेवास्ता गरि कसैले बिक्रीवितरण तथा उपभोग गरेमा उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही गरिने समेत नगरपालिकाले जनाएको छ । अहिले सो तेलको प्याकेटलाइ खाद्य गुणस्तर तथा नाप तौल बिभागमा छानबिनको लागि तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्