डडेल्धुरा अस्पतालको सुविधा सम्पन्न भवन वन्दै, सेवा सुविधा वस्तार गर्ने अध्यक्ष ओझाको भनाई

हरिश चन्द
डडेल्धुरा – वर्षौ देखी टिनको छानो भएको जिर्ण भवन वाट सेवा सुविधा दिईरहेको डडेलधुरा अस्पतालको सुविधा समपन्न भवन वन्न थालेको छ । नेपाल सरकारको आर्थीक सहयोगमा सुविधा सम्पन्न तिन तले भवनको निर्माण हुन थालेको हो । सुविधा समपन्न भवन वने लगतै थप सेवा सुविधा विस्तार गर्ने अस्पताल विकास समितिका अध्यक्ष करुणकर ओझाले वताए ।

तिन वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झोता भएको भवनको लागत मुल्य अभिवृद्धि कर सहित २९ करोड ८७ लाख रुपैयाँ रहेको छ । डडेल्धुरा अस्पतालकै परिसरमा निर्माण भईरहेकोे अस्पतालको भवनको आशीष कुमार के एस जेभी धनगढीले २०७५ सालमा निर्माणको जिम्मेवारी पाएको थियो ।

भवन निर्माण भएपछि अस्पतालले दिदै आईरहेको सेवा प्रभावकारी रुपमा दिनका लागि सहज हुनुका साथै सेवा सुविधालाई विस्तार गर्न सहज हुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझाले बताए ।

नेपाल सरकारको मातहतमा रहेको सुदुरपश्चिम प्रदेशको एक मात्र यस अस्पतालको अहिले मुख्य समस्या भनेको ठाँउको अभवा भएकाले हामिले विषेशज्ञ सेवा थप्नको लागि आसुलेसन थप्नको लागि अपरेसन र्थेईटर, डाईलासि लगायत सुविधा सम्पन्न भवन निर्माण भएपछि अस्पतालका सेवा सुविधालाई पनि विस्तार गर्ने योजना रहेको डडेल्धुरा अस्पतालका निमित्त प्रमुख डा. जगदिश चन्द्र विष्टले जानकारि दिए ।

२०७५ साल पौसमा सम्झौता भएको नयाँ भवनको तुलनात्मक काम भने ७० प्रतिशत भन्दा वढी निर्माणको काम सम्पन्न भई सकेको छ । लकडाउनका कारण विचमा केहि बाधाआएको भएता पनि यो भवन निर्माण कार्या भने समय अगावै अस्पताललाई हस्तान्त्रण गर्ने कम्पनिका टेक्निकल ईन्चार्ज रमेश केसीको भनाई रहेको छ । करिव २५ वर्ष पहिले निर्माण गरिएको टिनको छानो भएको भवन हुँदा अस्पतालका सेवा सुविधा सचालन गर्नका लागि समस्या भईरहेको छ भने अस्पतालको वार्डमा पानी चुहिदा विरामीलाई सास्ती हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्