बैतडीमा किशोरी बलात्कार गर्ने ५ जना कारागार चलान

बैतडी – बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका सिगास गाउँपालिका–८ का रामसिंह बोहरा, खडक बोहरा, केशव बोहरा, दानसिंह बोहरा र एक जना नाम नखुलाएका व्यक्तिलाई कारागार चलान गरिएको हो ।

सिगास गाउँपालिकाकी–१७ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेको कुरा किशोरीले बच्चा जन्माएपछि बाहिर आएको थियो । विवाह गरेर गएको घरमा किशोरीले ६ महिनामै बच्चा जन्माएपछि किशोरीमाथि बलात्कार भएको कुरा बाहिर आएको हो । पीडित किशोरीलाई अहिले जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्