गजल

रमेशराज मिश्र, दार्चुला

 

राजधानीको भाईभाईबीच मार परेको छ ।
संघीयताले देशलाई भार परेको छ

के भनु म सिरानी विदेशीले च्याप्दै छन्
जसमाथी सुगौलीको सार परेको छ ।

नाकाबन्दी बाहत्तरको महाभुकम्प सँगै
नेपाल आमा माथि एउटा सानो हार परेको छ ।

हुनेखाने दिनहुँ महल ठड्याउँदै छन्
गरिबमाथी खुकुरीको धार परेको छ ।

अनपढ नक्कलीले काम चलाउने देश यो
प्रशासन भित्र प्रदुषित झार परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्