पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु, उपत्यकामा ११७७ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा  काठमाडौंमा १००१, भक्तपुरमा ६७ र  ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

त्यसैगरी, नेपालमा कोरोनाभाइरसका दुई हजार १२० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ९७८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।यससँगै देशभर संक्रमितको कु्ल संख्या ८४,५७० पुगेको गौतमले बताए । यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् । यस्तै २४ घण्टामा थप २०४४ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ६२,७४० पुगेको गौतमले बताए ।

आठ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्