त्रिविको ‘गोल्ड मेडल’ खरिद–बिक्रीमा संलग्नहरुलाई विशेष अदालतले सुनायो यस्तो सजाय

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद–बिक्रीमा संलग्न विद्यार्थी सुरेन्द्र कोइराला, केदार भट्टराई र परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारी रामबहादुर कर्माचार्यलाई विशेष अदालतले जरिवाना र कैद सजाय सुनाएको छ ।

मंगलबार विशेष अदालका अध्यक्ष न्यायाधीश शिवराज अधिकारी, सदस्य न्यायाधीशहरू बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको हो ।

एक वर्षअघि त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद–विक्रीमा संलग्न तीनै जनालाई अख्तियारले मुद्दा चलाएको थियो ।

विशेष अदालतले कोइरालालाई १४ महिना कैद र ४ लाख ५७ हजार जरिवाना, भट्टराईलाई ११ महिना कैद र तीनलाख ५ हजार जरिवाना अनि कर्माचार्यलाई १ लाख ५५ हजार जरिवाना र ११ महिना कैद सजाय सुनाएको प्रवक्ता पुष्पराज पाण्डेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्