काठमाडौं उपत्यकामा ९ सय २ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – काठमाडौं उपत्यकामामात्रै ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसमध्ये काठमाडौंका ६ सय ९७ जना, भक्तपुरको ९३ जना र ललितपुरका १ सय १२ जना छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप १५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्