ब्लड क्यान्सर पीडित दिपेन्द्र पाल बचाउ अभियानमा सहयोग गर्न अपिल

दार्चुलाको लेकम गाउँपालिकाका वडा नं. ४ टाकानाका दिपेन्द्र पाललाई ब्लड क्यान्सर भएको छ । ब्लड क्यान्सर पीडित पालको उपचारको लागि २५ लाख खर्च लाग्ने अस्पतालले जनाएको छ । यति ठूलो रकम जम्मा गर्न पारिवारिक अवस्था कमजोर भएपछि उनको उचारको लागि दिपेन्द्र पाल बचाउ अभियान चलाएको छ । अहिले सम्म विभिन्न संघसंस्था र ३५० जनाले गरेको सहयोगबाट १५ लाख जमा भएको अभियान संचालन गरिरहेकी जानकी पालले बताइन् । अझै १० लाख रुपैया अपुग भएका कारण सहयोग गरिदिन उनले अपिल गरेकी छिन् । याे अभियानमा विशेष भुमिका रातदिन लगातार लागिरहेका लाेकमणी जाेशी र जानकी पाल हुन् ।

काठमाडौँको सिभिल अस्पतालमा उपचाररत पालको छिट्टै बोन म्यारो ट्रान्सप्लाटिङ गर्नु पर्ने भएकाले १० लाख तुरुन्तै आवश्यक परेको जानकी पालले जानकारी दिइन् । उनले सहयोग गर्न सबैलाई अपिल गरेकी छिन् । इ–सेवा नं. ९८६२४२५१३२, लक्ष्मी बैंक लि. लेकम, दार्चुला शाखाको खाता नं. ०९०२३००५०१४ मा समेत सहयोग रकम उपलब्ध गराउन सकिने पालले जानकारी दिएकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्