कञ्चनपुरको बेदकोट नगरपालिकाद्वारा मुख्य–मुख्य चोकमा सीसी टीभी क्यामेरा जडान

वेदकोट नगरपालिकाले २५ वटा नाइटभिजन सीसीटीभी क्यामेरा जडान गरेको छ । वेदकोटले शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकाको सीमाना, दैजी बजार क्षेत्र र चम्फापुर बजारका मुख्य–मुख्य चोकमा सीसी टीभी क्यामेरा जडान गरेको हो ।

नगरपालिकाले उज्यालोका लागि सोलार प्यानल सहित राजमार्ग क्षेत्रका भिडभाड बढी हुने क्षेत्रमा क्यामेरा जडान गरेको वेदकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दले बताए ।

सुरक्षा व्यवस्थापन र अपराधिक गतिविधि नियन्त्रणका लागि क्यामेरा जडान गरिएको उनले बताए । २५ वटा नाइटभिजन सीसीटीभी क्यामेरा र १ सय १६ वटा सोलार प्यानल जडान गर्न नगरपालिकाले अमृत–बोहरा जेभिसंग १ करोड १३ लाखमा ठेक्का सम्झौता भएको छ

पहिलो चरणमा महेन्द्र राजमार्ग अन्तर्गत वेदकोट नगरपालिकाको भिमदत्त र शुक्लाफाँटा नगरपालिका संग जोडिएको सीमा प्रारम्भ रेखा चम्फापुर पुलदेखि सामादैजी, दैजी, सुडा, लालपुर, सिसैया लगायतका मुख्य चोकमा सडकबत्ती जडान गर्न लागिएको हो ।

नगर प्रमुख चन्दका अनुसार क्यामेरा तथा सोलार प्यानल जडान गर्न नगरले नै बजेट विनियोजन गरेको हो ।

वेदकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नगरपालिकाको कार्यालयमा कन्ट्रोल रुम रहने छ भने सोही ठाउँबाट क्यामेराको निगरानी गरिने छ । समाचार : मानसखण्ड अनलाईन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्