नागिथाम डाँडाँमा १ लाख बत्ति बालेर भ्रमण वर्षको स्वागत गरिने ।

सिन्धुपाल्चोक,    सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न योजना ल्याएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिका हो । जहाँ हिमाल, पहाड, र तराईको अवलोकन गर्न सकिन्छ । प्राकृतिक रुपले मात्र नभई धार्मिक रुपले समेत प्रशिद्ध छ यो गाउँपालिका । नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमै १ लाख बत्ति बालेर भ्रमण वर्षको स्वागत गरिने पाँचपोखरी थाङपाल पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष सुवास तामाङले जानकारी दिनुभयो । पौष १६ गते अर्थात २०२० जनवरी १ तारिखका दिन नागिथाम डाँडाँमा १ लाख बत्ति बाल्ने तयारी समितिले गरेको छ । भ्रमण वर्षको वार्षिक क्यालेन्डर प्रकाशन गरेर पर्यटनको क्षेत्रमा आमुल परिवर्तन ल्याउने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्