डडेल्धुराका सवै विद्यालयमा वन वातवरण सम्बन्धि स्कुल शिक्षा कार्यक्रम लागू

हरिश चन्द, डडेल्धुरा
डडेल्धुरामा सवै विद्यालय कक्षा ८ देखी १२ कक्षा सम्मका बालबालिकाहरु लाई लक्षित गरि डिभिजन वन कार्यालयले स्कुल शिक्षा कार्यक्रम पुस्तक प्रकाशन गरेको छ । विद्यालयका बालबालिकाहरु लाई वन वातावरण सम्बन्धी जनाकारी दिने ३१ वटा लेखहरु किताबमा समावेस गरिएका छन । वातावरणीय सवालमा बालबालिका र युवा प्रति हामी उदासिन रहन्छौँ । डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले भने, उनीहरुलाइ के थाहा छ ? किन जान्नु प¥यो यस्ता कुरा ? भन्दै हामी कयौँ कुरा त्यतिकै ओझेलमा पारिदिन्छौँ ।
वन र वातावरण सम्बन्धि जानकारी गराउन बिद्यालय तहका बिद्यार्थीहरु लाई वन, वातावरणका कुरा राख्नु पर्ने उनि बताउछन । हाम्रो देशको वन व्यवस्थापन कसरी भइरहेको छ भन्ने बारे बिद्यार्थीहरु लाई जाकारी गराउन, क्षेत्र छन, राष्ट्रिय निकुञ्ज, भु संरक्षण, जलवायु परिवर्तनको सवाल, वातावरण दिवस, जैविक विविधता, वन विज्ञानमा उच्च तह पढ्ने, इको क्लब, हाइकिङ, ट्रेकिङ लगायतका बारेमा जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको डिभिजनल वन अधिकृत आचार्यले बताएका छन् ।
डडेल्धुरामा कुल भू– भागको करिब ७५ प्रतिशत भू–भाग वन क्षेत्रले ढाकेको छ । अहिलेको पुस्ताले वन क्षेत्रलाई पर्याप्त माया गरेको र जिम्मेवारी बोध गराउन यो पुस्तक आवश्यक छ । उनले भने, जलस्रोत, जैविक विविधताको स्रोत, पर्यापर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा रहेको यस जिल्लाको बारेमा बालबालिकाहरु लाई ज्ञान दिन यस पुस्तकले सहयोग गर्नेछ ।
पुस्तकमा जिल्लाको कुल वनको क्षेत्रफल, चुरे संरक्षणका प्रयासहरु, वनको अवस्था, पाटेबाघको महाभारत यात्रा, मानव वन्यजन्तु द्धन्द्ध लगायत ३१ वटा लेखहरु समावेश गरिएको उनले बताए । यो स्कुले केटाकेटीको लागि महत्वपूर्ण सामग्री बन्ने छ भन्नेमा हामि विश्वस्त छौ । उनले भने, र अहिले देशव्यापी रुपमा मैले करिब हजार जति डिजिटल कपि बाढी सकेको छु । सारै राम्रो प्रतिक्रिया आएको उनले बताए । यस आर्थिक वर्ष देखि डडेल्धुराका सवै विद्यालयमा पढाईहुने र अहिले १००० थान किताव प्रकासित गरेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारि दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्