“मायाको बासना”

सन्जोगले भेट भयो
कति बेला माया बसेछ तिमीसँग
थाहा नै पाइन

जिन्दगीका नयाँ मोड तिमीतिरै मोडिएछन्
अब त तिमीलाइ दुख्ने चोट
मलाई पो दुख्न थालेको छ
तिमी मुस्कुराउँदा हास्छ मेरो मन
यस्तो माया बसेछ तिमीसंग
बरु आफुलाई भुल्न सक्छु
सक्दिनँ भुल्न कदापि तिमीलाई

तिमीलाइ भेटेपछि
म मा रङ थपिएको छ
जागर बढेको छ
तिमी छौ मेरो हरेक श्वास श्वासमा
तिमी मेरो
आसा हौ ,उज्यालो हौ र भरोसा हौ

एउटा सुन्दर फुल एक मुठी सुवास
मैले हिड्ने लामो बाटाहरू
मेरो मिठो आसा
मेरो मिठो कथा
तिमी छौ र पो
म जून हुन पाएको छु ,फूल हुन पाएको छु

तिमीलाइ जती हेरेपनि भरिदैनन् मेरा आँखाहरु
बरु मेरो सास रोक्न सक्छु यो मेरो बसमा छ
तिम्रो याद रोक्न सक्दिनँ
तिमी मेरो नसा नसामा छौ

लैजाउ मलाई माया को सागर भित्र
त्यहाँ जिन्दगीले
असिम आभास पाओस्
तिमी सँगै अँगालो मा बेरिएर
मन पोख्न पाऊँ निरन्तर

म बचुन्जेल मेरो सासको भन्दा
तिम्रो जरुरी हुन्छ मलाई
म जुनी जुनी यसरी नै बाच्न चाहान्छु
तिमीसंग
म तिमी लाइ माया गर्छु
तिमीलाइ चाहन्छु
र ,माया गर्छु आफ्नुभन्दा धेरै बढी

सरिता पराजुली- बालकोट ,भक्तपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्