प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय प्रथम अधिवेशन सम्पन्न

प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय जुम भेलाद्वारा प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ । समाजका सुदूरपश्चिम प्रदेश संयोजक डा. लक्ष्मीराज पण्डितको अध्यक्षता र समाजका केन्दीय अध्यक्ष डा.केदारनरसिंह के.सी. ज्यूको प्रमुख आतिथ्यतामा जुम अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनमा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, केन्द्रीय सदस्य, प्रदेश अध्यक्षहरू, विभिन्न जिल्लाका जिल्ला अध्यक्ष एवं पदाधिकारी तथा सल्लाहकारहरू सहित प्रजातान्त्रिक विचार एवं आस्थावान महानुभावहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश संयोजक प्रा.डा. अक्कलदेव मिश्र ज्यूले गर्नु भएको थियो । उक्त भेलाले देहाय बमोजिम सुदूरपश्चिम प्रदेश कार्य समिति गठन गरेको छ :

अध्यक्ष : डा.लक्ष्मीराज पण्डित
सचिव : वेदप्रसाद जोशी (कैलाली, अध्यक्ष)
कोषाध्यक्ष : श्याम सिंह मौनी
सदस्य(पदेन) : दुर्गादत्त भट्ट (दार्चुला), मान ब. चन्द(बैतडी), दयाराम पण्डित(बाजुरा), मोहनराज उपाध्याय(बझाङ), शंकर ब. रावल(अछाम), टीकाराम फुलारा(डोटी), पुष्पराज जोशी(डडेल्धुरा), भोजराज जोशी(कञ्चनपुर)
सदस्य(मनोनित) : प्रा. यज्ञराज पाठक, लालमणि पाण्डेय, टेकराज जोशी
सल्लाहकार : प्रा. सुरेन्द्र चन्द, डा. भोजराज पन्त, प्रा. धर्मदेव भट्ट

कार्यक्रमका प्रमुख अतिथि के.सी. ले वर्तमान सरकारले संघीय लोकतान्त्रिक संविधानलाई अक्षरशः पालना गर्नु पर्ने, प्रजातान्त्रिक पार्टीभित्रको अन्तद्र्वन्द्व अन्त्य हुनु पर्ने, प्रजातान्त्रिक शक्तिहरू एक ठाउँमा आएर लोकतान्त्रिक मूल्यमान्यता तथा विधि एवं पद्धतिको संरक्षण गर्नु पर्ने र आगामी दिनमा प्रजातान्त्रिक विचार समाजले आफ्ना गतिविधिहरू सशक्त रुपमा अघि बढाउने धारणा राख्दै संविधान दिवस अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, केन्द्रीय उपाध्यक्ष द्वय डा. ईश्वरी लौडारी र डा. विमला शाक्य, महासचिव गोकर्ण अर्याल, सचिव डा. वासुदेव भण्डारी, केन्द्रीय सदस्य द्वय सि.बि. मल्ल र डा. वीर ब. कार्की, प्रदेश १ का अध्यक्ष बद्री तामाङ, प्रदेश २ का अध्यक्ष चुन्नीशरण यादव, बाग्मती प्रदेश अध्यक्ष भरत प्र. दुवाडी, प्रदेश ५ का अध्यक्ष शंकरदिवस मझगैयाँ, कर्णाली प्रदेश अध्यक्ष ध्रुव ब. मल्ल एवं सुदूरपश्चिम प्रदेश सल्लाहकार प्रा. सुरेन्द्र चन्द ज्यूले कार्यक्रमको सफलता एवं संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो । सुदूरपश्चिम प्रदेशअन्तर्गतका ९ वटै जिल्लाका जिल्ला अध्यक्षहरूले समाजको विधानको अधिनमा रही केन्द्र र प्रदेशको निर्देशनबमोजिम समाजका गतिविधिहरू आ–आफ्नो जिल्लामा प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

उक्त कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएका प्रदेश अध्यक्ष डा. लक्ष्मीराज पण्डित ज्यूले नवगठित प्रदेश कार्य समितिका पदाधिकारीहरूलाई बधाई दिदै निकट भविष्यमा सुदूरपश्चिम प्रदेश स्तरीय विशाल भेलाको आयोजना गर्ने, सेमिनार, अन्तक्र्रिया, गोष्ठी एवं प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गरी प्रजातान्त्रिक विचारको विकास एवं विस्तार गर्ने धारणा राख्दै उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापनका साथ कार्यक्रमको समापन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्