पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७११ संक्रमित, थप ११ जनाको मृत्यु

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या  ४५ हजार २६७ पुगेको गौतमले बताए । संक्रमितमध्ये ७२ प्रतिशत निको भएका छन् ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६२,७०० नाघेको छ। सो अवधिमा ११ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार अहिलेसम्म ४०१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्