मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्नेछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको सम्बन्धलाइ थप बलियो बनाउदै मिलेर काम गर्ने उल्लेख गर्नुभएको छ ।

समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’

 

हिन्दुस्तान टाइम्सका अनुसार मोदीको जन्मदिनको अवसरमा भारतीय जनता पार्टी (भाजपा) ‘सेवा सप्ताह’ अभियान सुरु गरेको छ ।

यस अभियानमा वृक्षरोपण, कोरोना संक्रमितको उपचार हुने अस्पतालहरुमा फलफूल वितरण, औषधि उपकरण वितरणलगायतका कार्यक्रम गरिने भाजपाले जनाएको छ । भाजपाले मोदीको जन्मदिन यस्तै सेवामुलक कार्यक्रम गरेर एक हप्तासम्म मनाउन जिल्ला जिल्ला समितिहरुलाई परिपत्र गरेको छ । भारतका प्रधानमन्त्री मोदीको आज ७० औं जन्मदिन हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्