दार्चुलाको नौगाडमा राजनीतिक आडमा कर्मचारीलाई जिम्मेवारी, स्थायीलाई पन्छाएर करारलाई अख्तियारी

उपहार खबर संंवाददाता – दार्चुलाको नौगाड गाउँपालिकामा मनपरि ढंगले कर्मचारीलाई जिम्मेवारी दिइएको पाईएको छ । राजनीतिक आडमा आफू निकटका कर्मचारीलाई जिम्मेवारी दिईएको भन्दै आलोचना हुँदै आएको छ । नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्यायले फेसबुक पाेष्टमा केही कर्मचारीको नामावली सहित प्रष्ट पारेका छन् ।
स्थायी स्टोरकिपर नासु मदनसिंह ठगुन्नालाई हटाएर करारको योजना सहायक नरेन्द्रप्रसाद ठगुन्नालाई राखिएको छ। भने प्राविधिक शाखामा स्थायी ईन्जिनियर रविन्द्र जोशीलाई प्रमुख नबनाई करारका ईन्जिनियर रोहित अवस्थीलाई प्रमूख बनाईएको छ ।
यसैगरी निमित्त प्रमुख प्रशासकिय अधिकृत पदमा विद्यालय निरिक्षक शिक्षा अधिकृत स्तरको कर्मचारी हुदाँहुदै स्वास्थ्यका सहायकस्तरका हेल्थ असिष्टेन्टलाई जिम्मा दिईएको छ ।
यो बिषयमा प्रष्ट पार्न उपहार खबरले निरन्तर अध्यक्षसँग फोन सम्पर्क गर्ने प्रयास गरेकोले सम्पर्क हुन सकेको छैन । फोन सम्पर्क भए विस्तृत विवरण प्रकाशित गर्नेछौ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्