क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

नेपाल वायुसेवा निगमको वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो । उनीसँगै जहाज उडाएका भारतीय मूलका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि भाइरस संक्रमण पुष्टि भएको छ।

क्याप्टेन लामा र कोल्हात्करले तीन दिनअघि शान्ति मिसनमा खटिएकाे नेपाली सेनाकाे टाेलीलाई निगमको २७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजको वाइड बडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

लामाले आइतबार स्वाब दिएका थिए। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए।

पिसिआर रिपोर्ट पोजिटिभ आएपछि क्याप्टेन लामा र कोल्हात्कर अहिले काठमाडौं सोल्टीमोडस्थित पाँचतारे होटल सोल्टीमा आइसोलेसनमा बसिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्