बाढीपहिरोको कहालीलाग्दो शृंखला, मुख्य कारण जथाभावी खनिएका सडक

काठमाडौँ – यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् ।बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य कारण नै अव्यवस्थित रुपमा निर्माण गरिएका ग्रामीण सडक भएको पाइएको छ ।

स्थनीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोको मुख्य कारण भएको भूगर्भविद्ले बताएका छन् ।यस वर्षको मनसुन गत १२ जुनमा भित्रिएलगत्तै मुलुकभर सक्रिय भएको वर्षाले ठूलो मात्रामा जनधनको क्षति गरेको छ ।

गृह मन्त्रालयले आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यस वर्षको मनसुन अवधिमा पहिरोबाट २ सय ४९ र बाढीबाट ३६ जनाको ज्यान गएको छ । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्