बिद्यालय स्थानान्तरणकाे बिरोधमा नेकपाद्वारा शुक्लाफाँटा घेराउ, कार्यपालिका निर्णय सच्याएर कारबाहीको लागि सिफारिस

उपहार खबर संंवाददाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० मा अवैध रुपमा सञ्चालन गरिएको खप्तड शिक्षा सदनलाई बेलौरी नगरपालिकामा स्थानान्तरण गरिएको भन्दै बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपाले कारबाहीको माग गर्दै बिरोध प्रर्दशन तथा नगरपालिका घेराउ गरेपछि तेस्रोपटककाे कार्यपालिका बैठकबाट निर्णय सच्याएर कारबाहीको सिफारिस गरिएको छ ।
कार्यपालिका बैठकले दुई निर्णय गरेको छ ।
निर्णय नंं. १ : खप्तड शिक्षा सदन अन्यत्र सरि जाने सहमति दिदा शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले पेश गर्नुभएको टिप्पणी नगर प्रमुखस्तरबाट सदर भएको सम्बन्धमा प्रमुख दिलबहादुर ऐरले आफ्नो तर्फबाट यस्ता त्रुटीहरू नहुने प्रतिबद्धता सहित नगर कार्यपालिकाबाट क्षमा दिने निर्णय गरेको छ ।
निर्यण नंं. २ : खप्तड शिक्षा सदन अन्यत्र सरि जान सरूवा सहमति दिदा प्रक्रियागत त्रुटी भएकाले मिति २०७७/०५/२१ गतेको कार्यपालिका बैठकबाट शिक्षा शाखा टिकेन्द्र भट्टलाई निजामती सेवा ऐन, नियम बमोजिम कारवाही गर्ने निर्णय भएकोमा निजामती सेवा ऐन, नियम बमोजिम उपयुुक्त कारवाही हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० मा अवैध रुपमा सञ्चालन गरिएको खप्तड शिक्षा सदन नक्कली कागजात बनाएर सञ्चालन गरिएको भन्दै विरोध गरिएको थियो भने मेयर कार्यकक्षमा मंगलबार तालाबन्दी समेत गरिएको थियो ।
खप्तड सदनका कुनै पनि भौतिक संरचना, व्यवस्थापन कागजात, अौपचारिक निर्णय लगायत स्थानीय तहमा कुनै अभिलेख नभेटिएकाले नक्कली कागजात बनाएर सञ्चालन गरिएको खुलासा भएको हो । शुक्लाफाँटा नगरपालिका १० मा नक्कली कागजात तयार गरी विद्यालयलाई बेलौरी नगरपालिका ४ मा नामसारी गरिएको पाइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्