नेकपा शुक्लाफाँटाका भोलिदेखि हुने भनिएका आन्दोलनका कार्यक्रमहरु स्थगित

मुकेशप्रसाद जोशी, कंचनपुर

कंचनपुर नेपाल कम्युनिस्ट पार्टी, शुक्लाफाँटा नगरपालिकाको भोलिदेखि हुने भनिएका सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएका छन् । शुक्लाफाँटा नगरपालिकामा खप्तड शिक्षा सदन स्थानान्तरण प्रक्रियामा भएको कमजोरीका दोषीहरुलाइ कारवाही मागसहित आन्दोलनको तयारी गरिएको थियो ।

तर २०७४/०५/२४ गते बसेको ८३ औँ नगर कार्यपालिकाको बैठकले नेकपा शुक्लाफाँटाका मागहरुलाइ सम्बोधन हुने गरि निर्णय गरेपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएका हुन् ।

शुक्लाफाँट न.पा ८३ औँ कार्यपालिका बैठकका निर्णयहरु –

नेकपाद्वारा शुक्लाफाटा नगरपालिका घेराउपछि कारबाहीको निर्णय र माफी

शुक्लाफाँटा नगरपालिकामा अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपाले) नगरपालिका घेराउ गरेको थियो । खप्तड शिक्षा सदन नामको फर्जी विद्यालयलाई स्थानान्तरण सहमति दिएको, भन्दै नारावाजी सहित नेकपाले बुधबार दिउँसो नगरपालिका घेराउ गरेको थियो ।

नेकपा शुक्लाफाँटा नगर कमिटी अध्यक्ष भक्तराज जोशीको नेतृत्वमा आएको समूहले कार्यपालिका वैठकको निर्णय कार्यान्वयन हुनुपर्ने, नगर प्रमुखले राजीनामा दिनुपर्ने र शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टलमई कार्वाही गर्नुपर्ने माग गरेका थिए । यस्तै छानवीन समितिको प्रतिवेदनले दोषी देखाइएका व्यक्तिहरुलाई कार्वाही नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको थिएँ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्