बद्नाम गर्ने तरिकाले समाचार सम्प्रेषण गरेकोमा जिसस उपप्रमुखद्वारा दुख व्यक्त

सुशील सुवेदी, सिन्धुपाल्चोक

केही संचार माध्यममा आफूलाई बद्नाम गर्ने तरिकाले समाचार सम्प्रेषण गरेकोमा जिल्ला समन्वय समिति उपप्रमुख बालकुमारी सापकोटाले दुख व्यक्त गर्नुभएको छ । नदि अनुगमनको क्रममा आफू अनुकुल केही मान्छेलाई जिससको गाडीमा राखेर सुकुटे क्षेत्र घुमाउने गरेको, सुकुटेको महङ्गो रिसोर्टमा गएर मनलाग्दी खाजा खाएर टोली फर्कने गरेको र बालुवा तस्करलाई खबर गरेरै मात्र अनुगमन जाने, उनीहरुकै खाजा खाएर केही नभएको भन्दै अनुगमन टोली फर्कने गरेको स्रोतको दावी छ भन्ने समाचार छापेको प्रति घोर आपात्ति जनाउनुभयो ।

उहाँले कुन स्रोतको दावी हो प्रमाणसहित प्रस्तुत हुन आग्रह गर्नुभयो आफू नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको मिति २०७७।०५।१७ गतेको बैठक निर्णय अनुसार सुरक्षा निकायका प्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, पूर्वाधार बिकास कार्यालयको प्रतिनिधि सहितको अनुगमनमा जाँदा कसरी मेरो अनुकुलको मान्छे लगेको हुन्छ भनेर प्रश्न गर्नुभयो । अनुगमन टोलीले महङ्गो रिसोर्टमा गएर मनलाग्दी खाजा खाएको र बालुवा तस्करलाई खबर गरेरै मात्र अनुगमन जाने, उनीहरुकै खाजा खाने गरेको भन्ने विषय प्रमाणित गर्न समेत चुनौती दिनुभयो । अनुगमन टोलीले साधारण खाजा खाँदा कसरी मनलाग्दी खाजा खाएको हुन्छ रु के हामीले खाजा पनि खान नपाउने हो भन्दै अनुगमनका क्रममा कुनै बेला भोकै हिडेको पनि बताउनुभयो ।

अनुगमन बारे खबर गर्ने गरेको कुरा कस्ले कस्लाई भनेको छ प्रमाण पेश गर्न र त्यस्तो सुचना दिएको भए जो कोहीलाइ पनि कार्वाही गर्नु पर्ने बताउनुभयो । नामको मात्रै अनुगमन भनिएको छ त्यसो हो भने अनुगमनका क्रममा अवैध रुपमा बालुवा उत्खनन् र संकलन गरिराखेको लगभग ३५ हजार घनमिटर नदीजन्य पदार्थ कस्ले नियन्त्रणमा लिइ सिल गरिएको हो त रु अवैध माल लोड गर्दै गरेको ३ वटा टिपर, १ वटा बलेरो र १ वटा मिनी टिपरलाई नियन्त्रणमा लिई कसले कार्वाहीको लागि पठाएको हो त रु भन्दै उनले प्रश्न गरेकी छिन् । गरेको कामको भन्दा नगरेको कामको प्रचार बढी गर्ने परिपाटीले सचार माध्यममाथिको विश्वासिनयता कमी आउने हुनाले सत्य समाचार सम्प्रेषण गर्न समेत उहाँले सुझाउनु भयो ।

यस अनुगमनका क्रममा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य पदार्थको जफत गरि लिलाम बिक्रीका लागि स्थानीय तहलाइ छिट्टै जिम्मा दिने र अवैध उत्खनन् र संकलन गर्नेलाई कानून बमोजिम कार्वाही समेत हुने उहाँले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्