शुक्रबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । महाशाखाले हाल देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आशिंक बदली रहेको जनाएको छ ।

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । यसैगरी, देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्