नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य हुने निश्चित

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनयन हुने निश्चित भएको छ ।

राष्ट्रपतिबाट मनोनीत एक रिक्त सदस्यका लागि गौतमलाई पठाउने निर्णयमा सरकार पुगेको प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीले रिक्त राष्ट्रिय सभा सदस्य मनोनयनका लागि गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयमा पुगेको जानकारी दिनुभएकोे प्रवक्ता नारायणकाजी श्रेष्ठले संवाददाताहरुलाई बताउनुभयो ।

पुनः अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउने/नपठाउने विवादका बीच पार्टी एउटा टुंगोमा पुगेको छ । सम्भवतः शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले गौतमलाई सिफारिस गर्न राष्ट्रपतिसमक्ष पठाउने निर्णय गर्नेछ ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)अनुसार नेपाल सरकारको सिफारिसमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट तीन सदस्य मनोनयन गर्ने व्यवस्था छ । राष्ट्रपतिबाट मनोनीत डा. खतिवडाको गोलाप्रथाबाट तय भएको कार्यकाल गत फागुन २० गते नै सकिएको थियो । आगामी भदौ २० गते पुनः संघीय संसद सदस्य नभएको अवस्थामा उहाँ स्वतः पदमुक्त हुनुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्