पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं– नेपालमा २४ घण्टामा थप १ हजार २ सय २८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित हुनुभएको छ ।

१३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गर्दा पुरुष ८ सय ३४ र महिला ३ सय ९४ गरी जम्मा १ हजार २ सय २८ जना संक्रमित हुनुभएको हो ।

काठमाडौं उपत्यकामा मात्रै बितेको २४ घण्टामा ४ सय ४५ जना संक्रमित हुनुभएको छ । काठमाडौंमा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित हुनुभयो ।

यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ।  बितेको २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्