भारत–चीन सीमाक्षेत्रमा भएको झडपमा भारतीय सैनिकका मेजरको मृत्यु

काठमाडौं -भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झडपमा भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ ।

भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए । द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो । पछिल्लो समय चीन र भारतीय सीमामा तनाव बढेको छ । दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता तनाव बढ्दो क्रममा रहेको अवस्थामा शनिबार र सोमबार दुई झडप भएका हुन् । यो झडप हुनुमा भारत र चीन दुवैले एकअर्कालाई दोष दिँदै आएका छन् ।

दुवै पक्षले आधिकारिक रुपमा यो झडपमा भएको हताहतीको विषयमा कुनै जानकारी दिएका छैनन् । तर, निर्वासित तिब्बतियन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीले तिब्बती मूलका भारतीय सैनिकको यो झडपको क्रममा मृत्यु भएको बताएकी छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्