पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ६ सय ३४ संक्रमित भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा १२५१९ को पीसीआर परीक्षण गर्दा ६ सय ३४ संक्रमित भेटिएका हुन् ।

२४ घण्टामा १२६ डिस्चार्ज भएका छन् । हालसम्म १८३५० जना कोरोनामुक्त भएका छन् ।

नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१११७ पुगेको छ ।

काठमाडौं उपत्यकामा २१६ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १६० ललितपुरमा ६ र भक्तपुरमा ५० जना छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्