कोरोना दुई वर्षभित्रै अन्त्य हुने विश्व स्वास्थ्य संगठनको विश्वास

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइसको विश्वव्यापी महामारी दुई वर्षभित्रै अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ।

जेनेभामा शुक्रबार आयोजित डब्लुएचओको बिफिङमा बोल्दै डा. टेड्रोसले स्पेनिस फ्लू नियन्त्रणमा आउन दुई वर्ष लागेको तर वर्तमान समयमा प्रविधिमा भएको विकासले कोरोना भाइरसको संक्रमणलाई अझ छोटो समयमै नियन्त्रणमा ल्याउन विश्वलाई सघाउने विश्वास व्यक्त गर्नुभएको छ।

स्पेनिस फ्लू का कारण कम्तीमा १ करोड ५० लाखको ज्यान गएको थियो भने पहिलो पटक गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोनाभाइरसका कारण हालसम्म आठ लाखको ज्यान गइसकेको छ भने दुई करोड ३० लाखभन्दा बढी संक्रमित भएका छन् ।

यसैबीच रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोपको कम्तीमा दुई हजार मात्रा आफूलाई रुस सरकारले दिने मेक्सिको सरकारले जनाएको छ। मेक्सिकोले उक्त खोपको परीक्षण सेप्टेम्बरबाट सुरू गर्ने त्यहाँका विदेश मन्त्री मार्सेलो इड्वार्डले जनाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्