CORONA

वीरगञ्जमा थप दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु

सांकेतिक तस्बिर

वीरगञ्ज – पर्साको वीरगञ्जमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको र पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १० मिनट जाँदा उपचारको क्रममा मृत्यु भएको डा. दीपक कुशवाहले जानकारी दिनुभयो ।

यी थप दुई सङ्क्रमितको मृत्युसँगै पर्साको वीरगञ्जमा कोरोना सङ्क्रममणका कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । मृत्यु हुनेमा २७ जना पर्साका, पाँच जना बाराका र रौतहटका २ जना र जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएर हालसम्म पहिचान खुल्न नसकेका एक जना कोरोना सङ्क्रमित युवक रहेका छन् ।

गोरखापत्र अनलाइनबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्