पछिल्लो २४ घण्टामा देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा १२ हजार २ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ४१ जना संक्रमित भेटिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

२४ घण्टामा १ सय ३४ जना डिस्चार्ज भएका छन् । हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनामुक्त भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्