‘गजल’

महेश दत्त पाण्डेय, द न पा -०९ बैतडी

‘गजल’

धेरै घमण्डी नबन एक्लिएर हिन्नुपर्ला सिङ्गो बथान बाट,
एकाएक कठिन परिस्थिति आउन सक्छ आसान बाट।

आकाशमा घर बनाउन त सकिँदैन जति उचाइमा पुगेनी,
सबैले टेक्ने धर्ती नै हो पन्छिन नखोज्नुस् मैदान बाट।

धेरै उम्लियौ भने पोखिनेछौ नै आफै महान छु नसोच्नु,
मपाइँत्वले भिखारी बन्न पनि बेर लाग्ने छैन महान बाट।

धेरै नउम्लिनु स् महोदय सम्पत्ति छ ताकत छ भन्दैमा,
खुकुरी उछिनेर खुट्टा काट्न बेर लाउदैन अचान बाट।

अरुलाई गुलाम भन्ने आफुखुशी गुलाम भएको देख्दा,
मनमा आनन्द आउँ छ बेस्सरी हास्छु ओछ्यान बाट।

 

✍️ सर्जक साहित्य क्षेत्र [विशेष गरि ‘गजल’विधामा ]मा निरन्तर कलम चलाइरहने एक ‘साहित्यिक सष्ट्रा’ हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्