‘गजल’

रमेशराज मिश्र, सुन्दर शूदुरपश्चिम

विद्यालय क्वारेन्टाइन हुन्छ बिजुली पानी हुदैन
सर्प-बिच्छि आए डाक्टरको सवारी जानीजानी हुदैन

महामारी कोरोनाको कहर एकान्तमा सधै डर
मनमा लाग्छ सधै रात नै रहन्छ यहाँ बिहानी हुदैन

विश्व मानचित्रमा शक्तिशाली हरु पछुताएका छ्न
नेपालीमा अझै पनि सचेत हुने आनीबानी हुदैन

अब गर्वका साथ कृषक बनौं खेतबारी खनौ
किन लाग्नु युरोप अमेरिका सुनखानी हुदैन

हिजो संगै हुनेलाई नि यसरी बिलाउनु पर्यो
चिता पनि पखाल्नु पर्छ त्यहाँ खरानी हुदैन

 

✍️ सर्जक साहित्य क्षेत्र [विशेष गरि ‘गजल’विधामा ]मा निरन्तर कलम चलाइरहने एक ‘साहित्यिक सष्ट्रा’ हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्