“एक हुल सपनाहरु” (कविता)

एक बालक हुर्किदैदै
जीवन सार्थक सक्षमताकाे बाध बनाउन
दिन हरुलाई निम्ताे दिदै
दिनमा कलपना डुब्दै
सपना देख्दै
समयकाे साक्षी बन्दै
आफ्नै जीन्दगीकाे अतभुत सपनाहरु
बुन्दा
कल्पनामै ढुबि रहदा
बिपनाले अल्झाई दिदाे रहेछ।।।

समयकाे बेग सङ्गै
आफ्नाे गति पनि सुस्त सुस्त चालाई रहदा
धैरै ठाउँमा ठेस लाग्न बाट पनि
बचेरो गर्दै हिन्दा पनि
बाध्यायता र परिस्तितिले
पीजाडा भित्रै धकेलि दिदाे रहेछ
नदीमा खुला रमाईरहेका माछाहरु झै
माझीकाे झालमा परिदाे रहेछ
सपनाहरु पनि
पीजडामा बन्दगी हुदा रहेछन
माछी जालमै अड्किन
बाध्य हुदारहेछन
सबै हरु एउटा सपना पनि।।।

बाढिले भत्केकाे घर जस्तै
सपनाकाे हावाहुरिले भत्काएकाे मन
भत्काउदा
घर भनाउनु भन्दा मन बनाउन कठिन हुदाेरहेछ
त्यस्तै जीन्दगी बनाउन पनि
त्यसैले भन्दा रहेछन
जिन्दगीका
सपनाहरु शिसाहरु झै हुन्छन
फुटेपछिकाे न सुन्द्ररता
न त आवश्यकता, त्यस्तै रहेछन सपनाहरु

रचनाकार : गगन सिँह बिष्ट
दार्चला,
हाल कुवेत

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्