सिरहामा २ थुनुवा सहित १२ जनामा कोरोना संक्रमण पुष्टि

मुकेश कुमार यादव , सिरहा
सिरहामा दुई जना थुनुवा सहित एकैदिन एउटै वडाका ८ जना गरि १२ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सुखिपुर नगरपालीकाको जनता माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका वडा न. ९ वैशखाका ८ जना, र इलाका प्रहरी कर्यालय गोलबजारमा रहेका २ जना थुनुवा र थप २ जना पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो । सुखीपुर नगरपालिका भरीमा ८३ जनाको स्वाव टेष्टमा क्वारेन्टाइनमा रहेका ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अन्देश्वर चौधरीले जानकारी दिए ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा उनिहरुको स्वाव परीक्षण गरिको थियो । रोजगारीको क्रममा भारतको हरियाना पुगेका उनीहरु केहिदिन अघि आएर स्वारेन्टाइनमा बसेका थिए । उनीहरु ४२, २८, २६, २९, २२, २१, २५ र ३५ वर्षीय पुरुष हुन् । कोरोना पोजेटिभ देखिएका सवैलाई सिराहाको धनगढी नगरपालिका– ११ मा रहेको महेन्द्र गेनाई अस्थायी कोरोना अस्पताल लगिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारमा रहेका २ जना थुनुसहित ३ जनाको विपीकोइराला धरानमा स्वाब परीक्षण गरिएको थियो ।
यता ,इलाका प्रहरी कार्यालय गोलबजारमा रहेका २ जना थुनुवामा कोरोना पोजेटिभ देखिएपछि कार्यालय शिल गरिएको छ । यहाँ रहेका कोरोना पोजेडिभ युवाहरु अहिले प्रहरी हिरासतमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए । उनले भने, ‘अहिले सम्म उनीहरु हिराशतमै छन्, उनीहरुलाई कहाँ कसरी राख्ने विषयमा छ्लफल भईरहेको बताए ।’ तत्काललाई अर्को व्यवस्था नहुन्जेल सम्मको लागि गोलबजार इलाका प्रहरी कार्यालयबाट हुने सवैखालका सेवाहरु बन्दगरीएको पनी डिएसपी अधिकारीले बताए ।
उनले तत्काललाई प्रहरी कर्मचारी सवैलाई कार्यालयभित्रै क्वारेन्टाइनको रुपमा राखिने छ, सवैको कोरोना परीक्षणपछिमात्र के गर्ने भन्ने भन्न सकिने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्