सुदूरपश्चिममा थपिए ३२ जना कोरोना संक्रमित

काठमाडौँ – बुधवार सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २१, अछामका सात, बझाङका तीन र कञ्चनपुरका एक जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ९ महिला र ८ पुरुष गरी १७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै भजनी नगरपालिकाका २४ र ३३ बर्षीय पुरुष, गोदावरी नगरपालिका वडा नम्बर ४ का १८ बर्षीय युवक र टीकापुर नगरपालिकाका ३४ बषीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

उता अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ का चार महिला र तीन पुरुष, बझाङको खप्तडछान्नाकी ७ महिने बालिका र जयपृथ्वी नगरपालिकाका २० बर्षीया युवती र २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ का ४१ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ७० पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्