पर्सा र बारामा बुधबार एकै दिन १ सय ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्सा र बारामा बुधबार एकै दिन १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जिल्लामा एकै दिनमा अहिलेसम्म्कै धेरै संक्रमित भेटिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार ४ सय ८८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । तीमध्ये पर्सा पोखरियाकी १८ वर्षकी युवतीको मृत्यु भएको छ ।

वीरगञ्ज कारागारका ३२ जना, सिमरा क्वारेन्टिनका १७ जना, ज्वरो आएका कारण गण्डक हस्पिटलमा भर्ना भएका दुई जना, वीरगञ्ज चिनी मिलमा गरिएको परीक्षणमा ५ जना र त्रिजुद्ध स्कुलमा गरिएको मास टेष्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाको पीसीआर परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्