वर्षासँगैको पहिरोमा परेर आठ जना मजदुर बेपत्ता

काठमाडौँ – गएराति अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गएको पहिरोमा पुरिएर आठजना वेपत्ता भएका छन् ।

पहिरोमा पुरिएका एकजनालाई जीवितै उद्धार गरिएको छ भने आठजना वेपत्ता भएका छन् ।

मेलम्ची नगरपालिका वडा ११ मा राति परेको भिषण वर्षासँगै पहिरो झरेको हो।

पहिरोको कारण मेलम्ची बजारमा निमार्ण हुदै गरेको कर्भडहलमा काम गर्ने मजदुर बेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । बेपत्ताहरुको उद्धारकार्य जारी रहेको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरुले बेपत्ताको खोजी कार्य गरिरहेका छन् ।

उनी भारतीय नागरिक हुन् । नगरपालिकाले निर्माण गरिरहेको कभर्ड हल बनाउन बसेका उनीहरूलाई राति आएको पहिरोले बगाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्