पर्सामा कोरोनाका कारण थप १ जनाको मृत्यु, पर्सामा मात्रै कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ पुग्यो

सांकेतिक तस्बिर

पर्सा – वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत थप एक जना महिलाको कोरोना (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ ।

ज्वरो र निमोनिया भएपछि उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज १६ नगवाकी अर्की एक ६८ वर्षीय वृद्ध महिलाको शनिबार दिउसो मृत्यु भएको नारायणी अस्पतालका डा.रज सिंहले जानकारी दिए ।

उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो उनलाई बयोधा अस्पतालबाट थप उपचारका लागि नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा.सिंहले बताए । शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक वृद्ध महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा‍. सिंहले जानकारी दिए । यो सँगै पर्सा जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्