सभामुख सापकोटाका सुरक्षार्थ खटिएका एक जनामा कोरोना संक्रमण

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका अगुवा गाडीका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रहरी हेडक्वार्टरमा कार्यरत एकजना साथीमा कोरोना देखिएपछि सभामुखको सुरक्षार्थ अगुवा गाडीमा खटिनुभएका सुरक्षाकर्मीको पनि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुखको सुरक्षार्थ खटिएका थिए ।

उनको परीक्षणको परिणाम पोजिटिभ देखिएपछि सुरक्षार्थ खटिनुहुने अन्य सुरक्षाकर्मीको पनि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएको सचिवालयका एक सदस्यले बताए । सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि सभामुख सापकोटाको पनि स्वाब परीक्षण गरिने नाम नबताउने सर्तमा सचिवालयका सदस्यले जानकारी दिए । सभामुखको सचिवालय सदस्य तथा सुरक्षार्थ खटिने सबै सुरक्षाकर्मीलाई कोरोना फैलिन नदिनेबारे सचेत गराइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्