कैलालीमा भारी बर्षासंगै आएको बाढी गाउँ पस्दा १ सय भन्दा बढी घर डुबानमा

File Photo

कैलाली – कैलालीमा भारी बर्षासंगै आएको बाढी गाउँ पस्दा सय भन्दा बढि घर डुवानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुरमा काडा नदी गाउँ परेपछि २५ घर डुवानमा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुवानमा परेका छन् । काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० भन्दा बढि घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्