नेपाल प्रहरी प्रधान कार्यालयका थप २३ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपाल प्रहरीको प्रधानकार्यालय नक्सालमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानकार्यालयका २३ जनामा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए ।

हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।
उनीहरुलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्