कालिकोटमा पहिरोले घर बागउँदा एकै परिवारका चारसहित ६ जना बेपत्ता

कालीकोट – कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं १ वहल्तोलामा बाढीले घर बगाउँदा एकै घरका चार जनासहित पाँच जना बेपत्ता भएका छन् । जयबहादुर शाहीको वहल्तोलामा भएको घर राति आएको बाढीले बगाएर बगरमा परिणत गरेको छ ।

घरमा सुतिरहेको अवस्था बाढीले घर बगाएपछि जयबहादुर शाहीलगायत पाँचै जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा घरमुली वर्ष ५० का जयबहादुर शाही, उनकी छोरी वर्ष १५ की सङ्गीता शाही, वर्ष १२ की कौसी शाही, वर्ष ८ का छोरा नवीन शाही, भदै नाता पर्ने रास्कोट नगरपालिका वडा नं १ कै डम्बरबहादुर शाहीकी छोरी वर्ष १५ की अस्मीता शाही बेपता भएका छन् । घर बगरमा परिणत भएकाले बाढीले बगाएकाको शव भेटिने सम्भावना कमै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकृत प्रहरी निरीक्षक यक्षराज जोशीले बेपत्ताको खोजी कार्य भइरहेको जानकारी दिए । खहरेखोला निकै ठूलो आएकाले ५० मिटर जमिनलाई बगरमा परिणत गरेकाले बेपत्ता भएका पाँचै जनाको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

घटना भएको खबर पाउनासाथ घटना स्थल पुगेकी रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले पनि बेपत्ता भेटिने कुनै सम्भावना नभएको बताइन् । बेपताको खोजी र अन्य जोखिममा रहेका घरका नागरिकलाई अन्यत्र सारिरहेको उपप्रमुख शाहीले बताइन् । गँगेखोलाले ठूलो बाढीको रुप लिएपछि आसपासका १५ भन्दा बढी घर उच्च जोखिममा छन् ।

यस्तै वडा नं १ कै तुसारखोलामा आएको बाढीले टेकबहादुर टमटाको घर बगाउँदा घरमा बस्नआएकी महावीर शाहीकी छोरी वर्ष १४ की बेलपुरा शाहीको निधन भएको छ । टमटाको घरमा बाढी पसेर भत्किएको थियो । घर भत्किँदा बेलपुराको मृत्यु भएको छ । घरमा रहेका वर्ष ५४ का टेकबहादुर टमटा, उनकी श्रीमती मयसरा टमटा र छोरी यसोदा टमटा घाइते भएका छन् ।

यस्तै भीषण परेको पानीले कर्णाली करिडोरमा ठूलो क्षति पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्