विराटनगरमा अस्पताल नै संक्रमणको केन्द्र बन्दै, १० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

विराटनगर – विराटनगरमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको केन्द्र नै अस्पताल बन्न थालेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएसँगै यहाँका अस्पताल कोरोनाको केन्द्र बन्दै गएका हुन्

ट्राभल्स हिस्ट्री बिना नै स्वास्थ्यकर्मीमा सुरु भएको संक्रमणले उनीहरुसम्म स्वास्थ्य परीक्षणका लागि आएका विरामीमा समेत जोखिम बढेको छ ।
मंगलबार मात्रै विराटनगरका दुई अस्पतालका १० जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । विराटनगरमा १८ जनामा मंगलबार संक्रमण पुष्टि भएको विराटनगर महानरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

संक्रमितमध्ये एकजना चिकित्सकसहित सातजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । आइतबार साँझ कोशीको पोस्टनेटल वार्डमा कार्यरत एकजना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार उनैको सम्पर्क पहिचानका आधारमा ३१ जनाको स्वाब संकलन गरिएकोमा ७ जनाको पोजेटिभ आएको हो ।
यसैगरी विराट नर्सिङ होम (विराटनगर अस्पताल) का तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटका सञ्चालकलाई अघिल्लो हप्ता मंगलबार संक्रमण पुष्टि भएको थियो । त्यसपछि सम्पर्क पहिचानका आधारमा आइतबार चारजना नर्समा संक्रमण पुष्टि भएको थियो । मंगलबार थप तीनजनामा संक्रमण पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्